Tuesday, October 12, 2010

सहयोगी हातहरुको लागि आग्रह

"सामान्य कुराहरु जस्तै सुरक्षित खानेपानी, व्यक्तिगत सरसफाई तथा सुरक्षित बानीबेहोरा आदिमा बिशेष ध्यान दिन सकिएमा नै बच्न सकिने झादापखालाजन्य सामान्य रोगहरुबाट नै नेपालमा ३०० भन्दा बढी नेपालीहरुको अकालमै ज्यान गुमाउनु परेको तितो यथार्थ हामी सामु आज पनि ताजै रहेको छ / र साथै यो वर्ष पनि यो एक महामारी को रुपमा फैलन खोज्दै छ/ तसर्थ हामीहरु समस्थ सुभेक्षुक एवं सचेत युवा तथा अन्य समुदायहरु समक्ष यो आह्वान गर्न चाहन्छौ/
हामी फेरी अर्को महामारी देखन चाहन्नौ/ त्यसैले, "लौन अब त केहि गरौ"


"लौन अब त अर्को महामारी फैलन नदिऔं"


 तर कसरी ?

"पश्चिम पाइला", जुन २०६६ सालको झाडापखाला/ हैजा महामारी रोकथाममा अग्रणी भूमिका निर्बाह गर्ने युवा संजाल हो, जसले यो वर्ष पनि आफ्नो गतिबिधिहरु अगाडी बढाउदै छ, फेरी अर्को महामारी यो वर्ष पनि देखन नपरोस भन्ने हेतुका साथ EMERGENCY RELIEF FUND खड़ा गरेका छौ, जसका लागि "पश्चिम पाइला" लागिपरेको छ.
तसर्थ तपाई पनि एक बन्न सक्नुहुन्छ/ जसका लागि तपाई  आफ्नो अमुल्य सहयोग निम्न तरिकाबाट दिन सक्नुनुन्छ/


१. यदि विद्यार्थी हुनुहुन्छ भने १ दिन को खाजाको पैसाहरु सहयोग गर्न सक्नुहुन्छ/


२. यदि टिचर हुनुहुन्छ भने बिद्यालय/कलेजबाट१ दिनको खाजाको पैसाहरु सहयोद गर्न सक्नुहुन्छ/


३. यदि बर्थडे मनाउदै हुनुहुन्छ भने बर्थडे केक किन्ने पैसा सहयोग गर्न सक्नुहुन्छ/

४. यदि कतै घुम्न जाने सोच्दै हुनुहुन्छ भने १ हप्ता सार्नुस, र त्यो पैसा सहयोग गर्न सक्नुहुन्छ/


५. तपाई रेगुलर बस, माइक्रोबस आदि चदनु हुन्छ होला, खेर जाने coins एकै रुपैया मात्र भए पनि दिनको खुत्रुकेमा जम्मा गरिदिएर यस महामारी विरुद्धको अभियान मा सहयोग गर्न सक्नुहुन्छ/


६. यदि तपाई कतै जागिरे हुनुहुन्छ भने एकै दिनको तलबको लागि अन्य साथीभाईसग सल्लाह गरेर १ दिनको तलब सहायोग गर्न सक्नुहुन्छ/


७. यदि तपाई मेडियासग सम्बन्धित हुनुहुन्छ भने हरेक दिन १ मात्र भए पनि जनचेतना मुलक सामग्रीहरु, गतिविधिहरु प्रकाशित गरिदिएर सहयोग गरिदिन सक्नुहुन्छ/


८. यदि तपाई कुनै संस्थासग सम्बन्धित हुहुनुन्छ भने समन्वयमा काम गरेर सहयोग गर्न सक्नुहुन्छ/


९. यदि तपाई नेपाल बाहिर काम गर्दै हुनुहुन्छ अथवा पढ्दै हुनुहुन्छ भने कृपया नेपाल र नेपाली दाजुभाईको लागि महामारी विरुद्धको अभियानमा सहयोग गर्न १-१० डलर सम्म सहयोग गर्न सक्नुहुन्छ/

१०. र साथै यदि तपाइलाई आफैले पनि समुदायमै गएर केहि गर्नु पर्छ जस्तो लाग्छ भने फिल्ड भोलुन्टरको रुपमा पनि सहयोग गर्न सक्नुहुन्छ/


११. आदि आदि/

--
भवदीय,
फुर्बा सांगे मोक्तान (+९७७-९८४९१४६१८४)
कोअर्डीनेटर,
"पश्चिम पाइला"
सचिबालय: बाताबरण तथा जनस्वास्थ्य संस्था (इंफो), नया बानेश्वोर, काठमांडू  

Wednesday, June 23, 2010

"YOUR SMALL SUPPORTS MAY REALLY MAKE DIFFERENCES TO BRING THE BIG CHANGE!!!!!!"